२६ कात्तिक, २०८२ बुधबार
Nov. 12, 2025

संसदलाई बनाइयो आरोप ‘उत्खनन् केन्द्र’

‘स्वच्छ बहस जीवित लोकतन्त्रको मेरुदण्ड हो । तर कहिलेकाहीँ हामी आरोप–प्रत्यारोप, गालीगलौज, टिकाटिप्पणीमा अल्झिन्छौँ । यसले हाम्रो मूल जिम्मेवारी ओझेलमा परेको जस्तो लाग्छ । यो दुःखद छ ।’


बुधबारको प्रतिनिधि सभा बैठकमा थप जिम्मेवार सुनिए सांसद सुहाङ नेम्वाङ । उनका बुबा स्वर्गीय सुवास नेम्वाङको निधनपछि बुबाको राजनीतिक विरासत धान्न आएका सुहाङले उनै सुवासकै झल्को मेटिदिए । 



त्यसअघि बोलेका र संसदमा निरन्तर आरोपप्रत्यारोपमा अल्झिएका राजनीतिमा ‘खली’ खाएको दाबी गर्नेहरुका लागि मज्जाको झापड थियो त्यो । 

पहिलोपटक सांसद बनेका सुहाङहरुका लागि नयाँ पुराना सबै दलहरुले राजनीतिक संस्कार र संसदको गरिमाबारे सिकाउनुपर्ने थियो । तर त्यो नपाएपछि सुहाङ आफैँ थप जिम्मेवार बन्न पर्यो र आफैँले चाँही उनीहरुमाथि जिम्मेवार बन्नुपर्ने सुझाव दिनुपर्यो ।



जनताको जनप्रतिनिधिमुलक संस्था संसद । जहाँ जनताका सवाल, सामूहिक स्वार्थ, समयको गम्भीरता र प्राथमिकता अनुुसार संसदको बहस बग्नुपर्ने थियो । तर अहिले संसद एकले अर्कोलाई आरोप लगाउने, सत्ताले प्रतिपक्ष र प्रतिपक्षले सत्तापक्षलाई अप्ठेरो पार्ने थलो बन्न पुगेको छ  र बनाएका छन् नयाँ र पुराना दलहरु मिलेर ।  

अरु उदाहरण हेर्नै पर्दैन, मंगलबार र बुधबारको प्रतिनिधि सभा बैठक नियाल्दा नै हुन्छ । अझ अल्लि केही दिन अघि, यानेकी असार १५ गते आइतबारको घटना संसदीय इतिहासको पानामै लेखिएको छ । जुन दिन संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित भयो । समितिले पास गरेर ल्याएको प्रतिवेदनमा मुख्य मर्म मानिएको ‘कुलिङ अफ पिरियड’ नै गायब पारेर विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित हुन्छ । न कसैले पढ्यो, न कसैले थाहा पायो । बाहिर पत्रपत्रिकामा आएपछि मात्रै सांसदहरु झसंग भए । भनेपछि हाम्रा सांसदहरु, हामीले जिताएर पठाएकाहरु कतिसम्म जिम्मेवार रहेछन् भन्ने यो एक उदाहरण मात्रै हो । 

उनी जिम्मेवार सुनिनपर्ने ठाउँमा आफैँमाथि आरोप लागिरहेका बेला पुनः रास्वपामाथि खनिन पुगे । आफूमाथि आरोप लाग्दा न आत्मालोचना गरे, न त राजीनामा दिने नैतिकता नै देखाए । उनले आरोपमाथि प्रत्यारोप थप्दै रास्वपा सभापति रवि लामिछाने पहिले भिजिट भिसामै अमेरिका गएको र उतै बसेको भन्दै कटाक्ष गरे । आफ्नै नेता भिजिट भिसामा बाहिर गएर बस्ने दलका सांसदहरुले आफूलाई नैतिकताको पाठ नपढाउन चेतावनी दिए । 

 



मंगलबारको प्रतिनिधि सभा बैठकमा अलि कडै सुनिइन् विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोविता गौतम । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको स्पेन भ्रमणमा गएकामध्ये केही व्यक्ति उतै बसेको आशंका व्यक्त गरिन् । त्यसमा सत्तापक्षले विरोध नगर्ने कुरै भएन । 

प्रधानमन्त्रीको सचिवालयले खण्डन मात्र गरेन, उसले विदेश भ्रमणमा जानेहरुको लिस्ट नै निकालेर को फर्किएनन् देखाउन समेत चुनौती दियो । सत्तापक्षका केही माननीयहरुले उक्त भनाइ रेकर्डबाट हटाउन समेत माग गरे । 

बुधबारको प्रतिनिधि सभा बैठकमा पनि सोही विषयले प्राथमिकता पायो । उनै सांसद गौतमले चौतर्फी विरोध भएपछि ‘भाषा बुझ्न’ भन्दै सत्तापक्षका सांसदहरुलाई चेतावनी दिइन् । यता एमाले सचेतक सुनिता बराल गौतममाथि खनिइन् । उनले सांसद गौतमलाई ‘भाषाको ज्ञान’ आफूहरुले दिने भन्दै आलोचना गरिन् । अरु केही सत्तापक्षका सांसदहरु पनि उनीमाथि खनिए । यता सांसद गौतम र रास्वपाका अन्य नेताहरु भने अहिले नभएर प्रधानमन्त्रीहरु विदेश भ्रमणमा जाँदा सँगै गएका कतिपय व्यक्तिहरु उतै बस्ने गरेको आरोप लगाए । साथै सांसद गौतमले भनेझैँ प्रधानमन्त्री ओलीसँगै भ्रमणमा गएकाहरु को को फर्किएनन् भन्ने लिस्ट न रास्वपालाई थाहा छ, न अरु कुनै व्यक्ति त्यस्तै मनसायले पुगेर नफर्किएको पो होकी ! सरकार पक्षले नै ध्यान दिएको छ । 

बहस र विवाद त्यतिमै रोकिएन बुधबारको प्रतिनिधि सभा बैठक । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक नै मुछिएको रास्वपाको आरोप छ । जेठ १३ गतेयता निरन्तर रास्वपाले बैठकमा अवरोध सिर्जना गरिरहेको छ । बुधबार रोस्टम उक्लिएका गृहमन्त्री लेखक प्रधानमन्त्रीको स्पेन भ्रमणका विषयमा स्पष्ट पारे । साथै को को फर्किएनन् ? त्यसको जवाफ मागे । 

उनी जिम्मेवार सुनिनपर्ने ठाउँमा आफैँमाथि आरोप लागिरहेका बेला पुनः रास्वपामाथि खनिन पुगे । आफूमाथि आरोप लाग्दा न आत्मालोचना गरे, न त राजीनामा दिने नैतिकता नै देखाए । उनले आरोपमाथि प्रत्यारोप थप्दै रास्वपा सभापति रवि लामिछाने पहिले भिजिट भिसामै अमेरिका गएको र उतै बसेको भन्दै कटाक्ष गरे । आफ्नै नेता भिजिट भिसामा बाहिर गएर बस्ने दलका सांसदहरुले आफूलाई नैतिकताको पाठ नपढाउन चेतावनी दिए । 

यो नेपालीहरुका लागि सामान्य आरोपप्रत्यारोप जस्तै बनेको छ । किनकी वर्षौैँदेखि प्राथमिकता भुलेर यस्तै आरोपप्रत्यारोपमा संसद जो भुलिएको छ । 

यसरी हेर्दा संसदमा रहेकामध्ये अधिकांश सांसदहरुमाथि केही न केही आरोप छ । जब एकमाथि कसैले आरोपको ‘फायर’ खोल्छ, त्यसपछि संसदमा प्रत्यारोपको ‘फायर’ खुलिहाल्छ । 

जनताका कुरा सुनाउनुपर्ने माननीयहरु नै झगडामा रुमल्लिन थालेपछि अहिलेको चर्चित गीत ‘दुश्मन हेरेको हेर्यै’ भन्या जस्तै बनेको छ, जनताको अवस्था चाँही । 

  • प्रकाशित मिति : २६ असार, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया