मुसलमान समुदायको रोजामा सहभागी हुन राष्ट्रपति भण्डारी नेपालगन्जमा

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी मुसलमान समुदायको रोजा ‘इफ्तार’ कार्यक्रममा सहभागी हुन मंगलबार नेपालगन्ज पुगेकी छिन् ।  उनी अपराह्न साढे २ बजे नेपालगन्ज विमानस्थलमा पुगेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । 

राष्ट्रपति भण्डारी साँझ साढे ५ बजे सिद्धार्थ कटेजमा सुरु हुने रोजा इफ्तार कार्यक्रममा राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रम छ । पहिलोपटक राष्ट्र प्रमुख रोजा ‘इफ्तार’ कार्यक्रममा सहभागी हुने भएपछि मुसलमान समुदाय हर्षित भएको मुस्लिम समाज बाँकेका संयोजक अब्दुलवाहिद मन्सुरीले जानकारी दिइन् ।

राष्ट्रपतिको सचिवालयका उपसचिव शर्माका अनुसार राष्ट्रपति भण्डारी आज नेपालगन्जमै बसेर बुधबार बिहान बाँकेको वैजनाथ गाउँपालिका–५ जिगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५०औंँ वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा सहभागी हुनेछिन् । 

राष्ट्रपति भण्डारी नेपालगन्ज आएसँगै सुरक्षा सतर्कताका लागि आवश्यक योजना बनाइएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । 





  • प्रकाशित मिति : जेठ २१, २०७६ मंगलबार १५:३३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया