१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

मधेश प्रदेश : बजेट त्रुटीमा छानबिन गर्न कार्यदल, मन्त्रीको सहभागितामाथि प्रश्न

मधेश प्रदेशमा बजेटमा देखिएको त्रुटीको छानबिन तथा सदनको अवरोध हटाउन प्रदेशसभाले ६ सदस्यीय कार्यदल गठन गरेको छ ।


सभामुख रामचन्द्र मण्डलको नेतृत्वमा बनेको कार्यदलमा सत्ता, प्रतिपक्ष र सरकारका मन्त्रीसमेत छन् ।



सदस्यहरूमा जसपाका रामआशिष यादव, माओवादी केन्द्रका जवाहरलाल कुशवाहा, नेकपा एसका कनिष पटेल, कांग्रेसका कृष्णप्रसाद यादव र भौतिक पूर्वाधारमन्त्री तथा एमाले नेता सरोजकुमार यादव छन् । तर, प्रमुख प्रतिपक्षी दल जसपाका प्रमुख सचेतक यादवले कार्यदलमा सरकारका मन्त्री राखिनु उचित नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

मुख्यमन्त्री सतीशकुमार सिंहले भने कार्यदल सर्वदलीय सहमतिअनुसार गठन भएको जिकिर गरेका छन् । विपक्षी दलहरूले चार दिनदेखि बजेट पुनर्लेखनको माग राख्दै सदन अवरुद्ध गर्दै आएका छन् । 





  • प्रकाशित मिति : २६ असार, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया