नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू–२३ एसियन कप छनोटका लागि दोस्रो चरणअन्तर्गत ४० सदस्यीय टोली घोषणा गरेको छ । तर, अघिल्लो चरणको क्लोज क्याम्पमा उत्कृष्ट प्रदर्शन गरेका फरवार्ड शिव चौलागाईं टिममा परेनन् ।
क्याम्पमा उत्कृष्ट खेल प्रदर्शन गर्दा पनि ४० सदस्यीय टोलीमा नाम नपर्नुमा उनले खेलाडी छनोट प्रक्रियाको पारदर्शितामा गम्भीर प्रश्न उठाएका छन् ।
‘राष्ट्रिय टिममा पर्न अब प्रदर्शनभन्दा पनि पहुँच र भनसुन चाहिँदो रहेछ,’ चौलागाईंले फरकधारसँगको कुराकानीमा भने, ‘एन्फाको नजरमा राम्राभन्दा हाम्रा खेलाडीलाई प्राथमिकता दिइएको छ, जसले योग्यता र मिहिनेतलाई पछि धकेलेको छ । केही कमजोर प्रदर्शन गरेका खेलाडी टिममा परे भने उत्कृष्ट खेलाडीहरू उपेक्षित हुन पुगेका छन् ।’
उनको यो गुनासोले टिम चयन प्रक्रियामा पारदर्शिता र निष्पक्षताको विषयमा नयाँ बहस उब्जाएको छ । टिम छनोटमा पारदर्शिता नहुँदा युवा खेलाडीको मनोबलमा असर पर्ने भन्दै चौलागाईंले भविष्यमा खेलाडीको आवाजलाई पनि सुन्नुपर्ने बताए ।
प्रस्तुत छ, उनीसँग गरिएको संक्षिप्त भिडियो कुराकानी :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।