१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

प्रतिनिधिसभा बैठक जारी, रास्वपा-राप्रपाको बहिष्कार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन नहुँदा असन्तुष्टि जनाउँदै मंगलबारको प्रतिनिधिसभा बैठक पनि बहिष्कार गरेका छन् । 


बैठक सुरु भएपछि दुवै दलका सांसद उठेर विरोधमा उत्रिए । सभामुख देवराज घिमिरेले रास्वपाका शिव नेपाली र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोल्ने समय दिए ।  



दुवै नेताले उच्चस्तरीय छानबिन समिति नबनाइएसम्म विरोध जारी राख्ने बताए । आ-आफ्नो भनाइ राखेपछि दुवै दलका सांसद बैठक कक्षबाट बाहिरिए ।    





  • प्रकाशित मिति : ३१ असार, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया