२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

पाकिस्तानी एयरलाइन्समाथिको प्रतिबन्ध हटाउने बेलायतको निर्णय
फाइल तस्बिर

बेलायतको राजधानी इस्लामाबादस्थित बेलायती दूतावासले पाकिस्तानी वायुसेवा कम्पनीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको जनाएको छ ।


सन् २०२० को जुन महिनामा कराँचीको सडकमा पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको एउटा विमान खस्दा करिब १०० जनाको मृत्यु भएपछि पाकिस्तानी वायुसेवामाथि बेलायतले प्रतिबन्ध लगाएको थियो । 



चालक र एयर ट्राफिक कन्ट्रोलले गरेको मानवीय त्रुटिका कारण यो दुर्घटना भएको र त्यसपछि चालकका लागि लगभग एक तिहाइ लाइसेन्स नक्कली वा शङ्कास्पद भएको आरोप लागेको थियो ।

इस्लामाबादस्थित बेलायती उच्चायोगका अनुसार बेलायतको हवाई सुरक्षा समितिले पाकिस्तानमा हवाई सुरक्षामा सुधार भएपछि प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।



‘यो स्वतन्त्र र प्राविधिक रूपमा सञ्चालित प्रक्रियाको आधारमा यसले पाकिस्तान र यसका हवाई वाहकहरूलाई ‘बेलायतको हवाई सुरक्षा सूची’बाट हटाउने निर्णय गरेको छ,’ एक विज्ञप्तिमा भनिएको छ ।

युरोपेली नियामकहरूले पिआईएमाथिको चार वर्षको प्रतिबन्ध हटाएपछि पाकिस्तानको सरकारी स्वामित्वको विमान कम्पनीले जनवरीदेखि युरोपमा उडान पुनः सुरु गरेपछि यो कदम चालिएको हो।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले प्रतिबन्ध फुकुवा हुनुलाई ‘देशको लागि महत्वपूर्ण कोसेढुङ्गा’ भनेका छन्, ‘बेलायतले पाकिस्तानी उडानमा लगाएको प्रतिबन्ध हटाउनु बेलायतमा रहेका पाकिस्तानीहरूका लागि राहतको स्रोत हो ।’

पिआईएले इस्लामाबादबाट म्यानचेस्टरका लागि पहिलो उडानसँगै ‘सकेसम्म छोटो समयमा’ बेलायतका लागि सेवा पुनः सुरु गर्ने जनाएको छ । 



  • प्रकाशित मिति : ३२ असार, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया