विप्लव नेतृत्वको नेकपा माओवादीद्वारा भक्तपुरमा जग्गा कब्जा

काठमाडौं– सरकारद्वारा प्रतिबन्धित नेकपा माओवादीले भक्तपुरमा एक रोपनी जग्गा कब्जा गरेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीको भक्तपुर जिल्ला जनपरिषद्ले चाँगुनारायण नगरपालिकाको २ नं वडामा पर्ने दुवाकोटमा एक रोपनी एक दाम जग्गा कब्जामा लिएको हो ।

चाँगुनारायण नगरपालिका–५ की निर्मलाकुमारी पुरी र भक्तपुर–१० कमलविनायककी चन्द्रमाया सुवालको नाममा रहेको कित्ता नम्बर १७९८ को उक्त जग्गामा गत सोमबार विप्लव माओवादीले झन्डा गाडेको हो ।

विप्लव समूहले उक्त जग्गाका वास्तविक धनीबाट उम्काएर भू–माफियाले चलखेल गरेको आरोप लगाएको छ । जग्गामा उनीहरूले ‘यो जग्गा कुनै पनि व्यक्तिले हडप्न पाइँदैन, अन्यथा जनपरिषद्ले कडा कारबाही गर्नेछ,’ लेखेको ब्यानर टाँगेका छन् । 

सो जग्गा कब्जा गरेको भन्दै जनपरिषदले जारी गरेको विज्ञप्तिमा स्थानीय समाजसेवी, भलाद्मी र बुद्धिजीवीसँग छलफल गर्दा वास्तविक धनी पीडित भएको पुष्टि भएको उल्लेख गर्दै सो जग्गा कब्जामा लिइएको दाबी गरिएको छ ।





  • प्रकाशित मिति : जेठ २२, २०७६ बुधबार १३:३७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया