आर्थिक संकटबाट गुज्रिरहेकाे पाकिस्तानका सेनाले आफ्नाे खर्चमा कटाैती गर्ने घाेषणा गरेकाे छ । पाकिस्तानी सेनाले आगामी वर्ष रक्षामा बजेट बढाउन आफ्नाे खर्च कटाैती गर्ने फैसला गरेकाे हाे ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सेनाकाे याे निर्णयलाई स्वागत गरेका छन् र यसकाे जानकारी इमरानले ट्विटरमार्फत दिएका हुन् ।
प्रधानमन्त्री खानले ट्विट गर्दै भनेका छन् – ‘धेरै सुरक्षा चुनाैतिकाे बावजुद आर्थिक संकटकाे अवस्थामा सेनाले खर्च कटाैती गर्न गरेकाे निर्णयकाे म स्वागत गर्छु । यसबाट बचाइएकाे रुपैयाँ बलुचिस्तान र कबायली क्षेत्रमा खर्च गर्नेछाैं ।’
I appreciate Pak Mil's unprecedented voluntary initiative of stringent cuts in their defence expenditures for next FY bec of our critical financial situation, despite multiple security challenges. My govt will spend this money saved on dev of merged tribal areas & Balochistan.
— Imran Khan (@ImranKhanPTI) June 4, 2019
यसपछि पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफ्फुरले ट्विट गर्दै एक वर्षकाे डिफेन्स बजेटमा कटाैती गर्दा देशकाे सुरक्षामा कुनै असर नहुने बताएका छन् ।
पाकिस्तान ट्रिब्यून पत्रिकाले अर्थ मन्त्रालयलाई उदृ्त गर्दै आगामी आर्थिक वर्षकाे अनुमानित रक्षा बजेट १.२७० ट्रिलियन रुपैयाँ रहेकाे छ र जुन आर्थिक वर्षकाे रक्षा बजेटभन्दा १७० अरब रुपैयाँले बढी छ ।
यस बजेटमा पूर्व सैनिककाे पेन्सन,रणनीतिक खर्च र स्पेशल सैन्य प्याकेजमा हुने खर्च समावेश छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।