गत महिना शान्ति वार्ताका लागि भएको सहमतिअनुसार रुसले बिहीबार युक्रेनलाई एक हजार सैनिकको मृत शरीर हस्तान्तरण गरेको छ ।
मस्को र किएभबीच इस्तानबुलमा भएको दुई चरणको वार्ताले युद्धविरामको दिशामा कुनै प्रगति हुन सकेको छैन । ठूलो मात्रामा कैदी आदानप्रदान र मारिएका सैनिकहरूको शव फिर्ता गर्ने काम भइरहेको छ ।
‘युद्धका क्रममा मारिएका एक हजार सैनिकको शव रुसले युक्रेनलाई हस्तान्तरण गरेको छ,’ युक्रेनको सरकारी निकायले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा रुसले युक्रेनी सैनिकसहित केही लडाकू गैरसैनिकलाई फिर्ता गरिएको दाबी गरेको छ । यसबारे किएभका तर्फबाट पुष्टि भने भइसकेको छैन । यसअघि रुसले युक्रेनी भेषमा रहेको बेला मारिएका रुसी सैनिकको शवलाई रुसले सुपुर्दगी गरेको आरोप लगाएको थियो ।
रुसी वार्ताकार तथा क्रेमलिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीले किएभले १९ जना मारिएका रुसी सैनिकको अवशेष फिर्ता पठाएको बताए ।
दुवै पक्षबीच भएका केही सफल कूटनीतिक पहलमध्ये कब्जामा लिएका सैनिकहरूको आदानप्रदान र अवशेषहरूको स्वदेश फिर्ती द्वन्द्वको दौरान नियमित रूपमा हुँदै आएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबका बाबजुद रुसले युद्धविरामको आह्वानलाई अस्वीकार गरेको छ र दुई पक्ष तीन वर्षदेखि जारी द्वन्द्व अन्त्यका लागि सहमत हुने सम्भावनाको नजिक पुगेका छैनन् ।
गत महिना भएको वार्तामा रुसले युक्रेनलाई थप भूभाग फिर्ता गर्नुपर्ने र सबै प्रकारका पश्चिमा सैन्य सहयोग अस्वीकार गर्नुपर्नेलगायतका कडा मागको सूची पेस गरेको थियो ।
किएभले रूसी अडानहरूलाई अस्वीकार्य मागको रूपमा व्याख्या गर्दै ती मागलाई खारेज गरेको छ र यदि मस्को लचक बन्न इच्छुक छैन भने थप वार्ताको औचित्यमाथि प्रश्न उठाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।