एजेन्सी– अस्ट्रेलियाको डार्बिन सहरमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा चारजनाको मृत्यु भएको छ। गोली चलाउने ४५ वर्षीय ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यो घटना आतंकवादसँग सम्बन्धित नरहेको प्रहरीले बताएको छ ।
मंगलबार बन्दुकधारीले ‘पम्प एक्सन सट गन’ प्रयोग गरेर विभिन्न स्थानमा गोली चलाएक थिए । उनले निश्चित व्यक्तिलाई निशाना बनाउने प्रयासमा रहेको प्रहरीको आशंका छ ।
१९९६ मा अस्ट्रेलियाले हतियार राख्ने प्रावधानमा संशोधन गरेको थियो । संशोधनबाट बन्दुक राख्न पाउने अधिकार रद्द गर्दै सेमी अटोमेटिक र अटोमेटिक बन्दुकमाथि पूर्ण प्रतिबन्ध लगाइएको थियो । त्यसयता अस्ट्रेलियामा गोलीकाण्डका घटनामा कमी आएको थियो ।
मंगलबार भएको घटनामा प्रतिबन्धित ‘सटगन’ प्रयोग भएको बताइएको छ । आक्रमणकारी यसअघि जनवरीमा जमानत पाएर रिहा भएका थिए । गोलीकाण्डबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।