नेकपाको सचिवालय बैठक विनानिष्कर्ष सकियो, भोलि बिहान ९ बजे फेरि बस्ने

काठमाडौँ–  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो लगाउन बसेको सचिवालयको बैठक बिना निष्कर्ष  सकिएको छ । भोलि बिहान ९ बजे बस्नेगरी आजको बैठक टुंगिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले जिल्ला कमिटिको इन्चार्ज र सहइन्चार्ज तोक्नेबारे छलफल भएको बताउँदै नीतिबारे पनि गम्भीर छलफल भएको  जानकारी दिए । 

उनले भने, ‘जिल्ला कमिटिको इन्चार्ज र सहइन्चार्ज तोक्नेबारे छलफल भएको छ । नीतिबारे पनि गम्भीर छलफल भएको छ । प्रधानमन्त्रीको कार्य व्यस्तता कारण समयले साथ दिएन । भोलि बिहान ९ सचिवालय वैठक बसेर टुंगो लगाउँछौं ।’ 

श्रेष्ठले जिल्ला इन्चार्जमा सहमति भएपछि भोलि अन्य एजेण्डामा प्रवेश गरिने जानकारी दिए ।   मंगलवार बसेको बैठकमा एउटा व्यक्तिलाई दुई पद दिने कि नदिने भन्नेमा विवाद भएपछि स्थगित भएको थियो ।  


 





  • प्रकाशित मिति : जेठ २२, २०७६ बुधबार १५:१२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया