बेइजिङ– पछिल्ला केही वर्षमा चीनको वायु–गुणस्तरमा व्यापक सुधार आएको छ । सन् २०१३ मा वायुप्रदूषण रोकथाम कारबाही योजना (एक्सन प्लान) लागू गरेको चीनले छोटो समयमै वायुको गुणस्तर सुधारमा उल्लेख्य सफलता पाएको हो ।
२०१३ देखि २०१८ मा आइपुग्दा बेइजिङमा अति–प्रदूषित दिनको संख्या ५८ बाट घटेर १५ मा आयाे भने हपेई सहरमा यो संख्या ८० बाट घटेर १७ मा आइपुग्यो ।
चिनियाँ पारिस्थितिक वातावराणका वायु वातावरण ब्युरो इन्चार्ज ल्यु पिनच्याङ सिंगो चिनियाँ समाजको समान प्रयासले देशको वायु–गुणस्तरमा सुधार आएको बताउँछन् ।
२०१८ मा देशका ३३८ सहरमा प्रदूषण सूचक पिएम २.५ को औसत घनत्व माइक्रोग्राम प्रतिघनमिटरमा रह्यो, जुन २०१३ को तुलनामा ९.३ गुणा कम हो ।
३३८ सहरमा श्रेष्ठ वायु–गुणस्तर रहने दिनको अनुपात ७९.३ प्रतिशत थियो । नीलो आकाशको रक्षाका लागि चीन सरकारले ३ वर्षीय प्रदूषण रोकथाम कारबाही योजना बनाएको छ, जसको उद्देश्य वायु–गुणस्तरमा निरन्तर सुधार नै हो ।
हाल सरकारले ३१ प्रान्तमा पारिस्थितिक पद्दति संरक्षणसम्बन्धी नियमावली जारी गरेको छ । आर्थिक उच्च गुणस्तरवाला विकास र पारिस्थितिक वातावरणको संरक्षणलाई सँगसँगै अघि बढाउने नीतिमा चीन सरकार दृढतापूर्वक कदम चालिरहेको छ, जसका कारण पारिस्थितिक वातावरणको गुणस्तरमा पनि सुधार आइरहेको छ ।
४ वर्ष चीन बसेकी संयुक्त राष्ट्रसंघको पर्यावरण कार्यक्रमकी कार्यवाहक प्रमुख जायसी मेसिया पर्यावरणको गुणस्तर वृद्धिमा चीनको अनुभव अन्य विकासशील देशका लागि प्रेरणा बन्न सक्ने बताउँछिन् । उनका अनुसार, जल–संसाधन, ऊर्जाको समुचित प्रयोग, सहरहरुमा हरियाली वृद्धि, राष्ट्रिय पार्क निर्माणजस्ता क्षेत्रमा चीनको अनुभव बाँकी राष्ट्रका लागि सिक्न योग्य छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।