काठमाडौं– इलाका प्रहरी कार्यालय गैंडाकोटका इन्सपेक्टर लोकबहादुर जिसी घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको हो ।
इन्सपेक्टर जिसीमाथि दुर्घटनाको एक मुद्दामा नक्कली चालक खडा गरी १० लाख रुपैयाँ घुस लिएको आरोपमा छ । मंगलबार आयोगले जिसीलाई बयानका लागि बोलाएर सोही क्रममा थुनामा राखेको हो ।
गत वैशाखमा भएको एक दुर्घटनाका वास्तविक चालकलाई जोगाउन जिसीले नक्कली चालक खडा गरेको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको आयोगको दाबी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।