मेयरको धम्कीप्रति पत्रकार महासंघको भर्त्सना

काठमाडौं– इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकारलाई दिएको धम्कीप्रति पत्रकार महासंघले आपत्ति जनाएको छ । मेयर चौधरीले पत्रकार विराट अनुपमलाई धम्की दिएको घटना सञ्चारमाध्यममा केही दिनअघि सावैजनिक भएको थियो । 

मेयर चौधरीले पत्रकार अनुपमलाई ‘तिम्रो नाक भाँच्न एक करोड छुट्याएको छु’ भन्दै धम्की दिएका थिए । राज्यको जिम्मेवार निकायका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई खुला रुपमा धम्की दिएको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको बताउँदै महासंघले सो घटनाले प्रचलित कानुनको समेत उपहास भएको ठहर गरेको छ । 

सो घटनाको घोर भर्त्सना गर्दै महासंघले धम्की दिने मेयरलाई सार्वजनिक रुपमा माफी मगाउुपर्ने माग राखेको छ । महासंघले प्रेस स्वतन्त्रताको सम्मान गर्न एवं पत्रकारलाई निर्वाध र स्वतन्त्र रुपमा काम गर्ने वातावरण बनाई यस्ता घटना नदोर्याउनेतर्फ ध्यान दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । 





  • प्रकाशित मिति : जेठ २२, २०७६ बुधबार १६:५९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया