नेपाली लिग च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब काभा मेन्स च्याम्पियन्स लिगअन्तर्गत आज आफ्नो चौथो खेल खेल्दैछ ।
हेल्प नेपाल आज कजाकस्तानको बलियो टोली जेटएचकेसँग भिड्न लागेको हो । खेल नेपाली समयअनुसार दिउँसो १:४५ देखि सुरु हुनेछ ।
तीन खेल खेलेको जेटएचके हाल ९ अंकसहित शीर्ष स्थानमा रहेको छ । हेल्प नेपालले पनि समान तीन खेलमा दुईमा जित र एकमा हारसहित ६ अंक जोडेको छ ।
हेल्प नेपाल तेस्रो स्थानमा छ । समूह चरणको सुरुवातमा लगातार दुई जित निकालेको हेल्प नेपाल तेस्रो खेलमा किर्गिस्तानको प्रतिनिधि क्लबसँग ३–२ ले पराजित भएको थियो ।
हेल्प नेपालले प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली धिवेही सिफाइन्स क्लबलाई ३–२ ले पराजित गरेको थियो । त्यसपछि दोस्रो खेलमा माल्दिभ्सकै अर्को क्लब एचडिसीमाथि उसले ३–१ को सानदार जित दर्ता गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।