१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

केसुके होन्डा र रोहित चन्द एउटै क्लबमा

नेपाली फुटबल टोलीका अनुभवी डिफेन्डर रोहित चन्द जापानी फुटबल लिजेन्ड केसुके होन्डाको नेतृत्वमा बनेको टोली एसिया वारियर्स एफसीमा आबद्ध भएका छन् ।


एसिया वारियर्सको स्थापना होन्डा र फिलिपिनी आइकन एन्टोन डेल रोजारियोको संयुक्त अवधारणामा आधारित छ ।



यो टोलीले अब एउटा म्याच खेल्न बाँकी छ । एसिया वारियर्सले दोस्रो खेल २७ जुलाईमा मलेसियामा घरेलु टोली सेलाङ्गोर एफसीसँग खेल्ने तालिका छ । यही खेलका लागि रोहित एसिया वारियर्समा समावेश हुन् ।

यस खेलमा उनले खेल्ने सम्भावना बलियो छ । एसिया वारियर्सले पहिलो खेलमा इन्डोनेसियाको पर्सिक केदीरीको सामना गरेको थियो, उक्त खेलमा वारियर्स २–० ले विजयी भयो । एसिया वारियर्स अब दोस्रो खेलमा पनि सहज जित निकाल्ने योजनामा छ ।
 





  • प्रकाशित मिति : ५ साउन, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया