हेल्प नेपाल स्पोर्ट्स क्लबले काभा पुरुष च्याम्पियन्स लिगमा तेस्रो जित हासिल गर्दै प्रतिस्पर्धात्मक सुरुआतलाई निरन्तरता दिएको छ ।
सोमबार काजाकस्तानको बलियो क्लब जेटएचकेमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै हेल्प नेपालले ४ खेलबाट ८ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको जेटएचके खेल संख्या समान भए पनि ९ अंकका साथ अग्रस्थानमा छ ।
माल्दिभ्सका धिवेही सिफाइन्स क्लबलाई ३–२ र एचडिसीलाई ३–१ ले पराजित गर्दै हेल्प नेपालले सुरुवाती दुई खेलमा सशक्त प्रदर्शन देखाएको थियो । यद्यपि तेस्रो खेलमा हेल्प नेपाल किर्गिस्तानको बिस्केकसँग ३–२ ले पराजित भयो ।
चाैथो पुनरागमन उत्कृष्ट पुनरागमन गर्दै हेल्प नेपालले फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । चार खेलमा तीन जित र एक हार हासिल गर्दै उसले ८ अंक जोडेको छ ।
प्रतियोगिताको लिग चरणको अन्तिम खेल मंगलबार हेल्प नेपालले श्रीलंकाको पोर्च अथुरिटी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यो निर्णायक खेलले हेल्प नेपालको फाइनल यात्रामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।