साफ महिला यू-२० च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरुद्धको अन्तिम खेलमा मिडफिल्डर बिर्सना चौधरी नेपाली टोलीको कप्तानीमा पुनः फर्किएकी छन् ।
मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले तीन खेलपछि उनलाई फेरि कप्तानी जिम्मेवारी दिएका हुन् ।
यसअघि उनले भुटान र समूह चरणको पहिलो खेलमा बंगलादेशविरुद्ध कप्तानी गरेकी थिइन् । तर, त्यसपछि सुरुआती ११ मा स्थान गुमाउँदै कप्तानी पनि गुमाएकी थिइन् ।
श्रीलंकाविरुद्ध ७–० को जितमा लिला जैशी र भुटानविरुद्धको ८–० को जितमा सुजता तामाङले टोलीको कप्तानी सम्हालेका थिए । सुजता पनि बिर्सनाजस्तै दुई खेलपछि सुरुआती टोलीमा फर्किएकी थिइन् ।
नेपाल र बंगलादेशबीचको निर्णायक खेल ६:४५ बजेदेखि सुरु हुनेछ ।
नेपालको सुरुवाती ११ :

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।