१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

साफ उपाधि जित्ने नेपालको सपना फेरि अधुरै, बंगलादेश पाँचौंपटक च्याम्पियन
सागोरिका एक्लैले गरिन् चार गोल

छैटौँ संस्करणको साफ महिला यू–२० च्याम्पियनसिपको उपाधि आयोजक बंगलादेशले जितेको छ । सोमबार राति सम्पन्न निर्णायक खेलमा नेपाललाई ४–० ले हराउँदै बंगलादेशले उपाधि जितेको हो ।


उसले पाँचौंपटक उपाधि जितेको हो । बंगलादेशको जितमा चारवटै गोल सागोरिकाले गरिन् ।



उनले पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गरेकी हुन् । निर्णायक खेलमा नेपालको प्रदर्शन भने फितलो रह्यो । गोलको केही अवसर प्राप्त गरे पनि नेपालले त्यसलाई सदुपयोग गर्न सकेन ।  



लिग चरणको पहिलो भेटमा नेपालले बंगलादेशसँग ३–२ को प्रतिस्पर्धात्मक हार बेहोरेको थियो । बाँकी खेलमा भने नेपालले एकतर्फी जित निकालेको थियो । यद्यपि निर्णायक खेलमा भने नेपालले कमजोर प्रदर्शन गर्‍यो । 

योसँगै नेपालको उपाधि सपना अधुरै रह्यो । हालसम्म नेपालले साफ यू–२० को उपाधि जित्न सकेको छैन । नेपालले यसअघि साफ यू–२० मा दुईपटक निर्णायक म्याच खेलेको थियो, जहाँ नेपाल स्तब्ध भयो ।

नेपाल सन् २०१८ र २०२३ मा उपविजेता बनेको थियो । 



  • प्रकाशित मिति : ५ साउन, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया