काठमाडौं– धावनमार्गकाे काम पूरा नभएपछि धनगढी विमानस्थल अझै एक साता नखुल्ने भएकाे छ । बैशाख २२ गतेबाट बन्द गरेर विमानस्थलकाे स्तराेन्नतिकाे काम सुरु गरिएकाे थियाे ।
एक महिनादेखि धावनमार्ग स्तरोन्नतिको काम गरिरहेकाे भएपनि माैसम प्रतिकुलका कारण समयमै नसकिएकाे निर्माण कम्पनीले जनाएकाे छ । विमानस्थल जेठ २९ बाट सञ्चालनमा आउने बताइएकाे थियाे ।
अहिले तीन वटामात्रै ठूला जहाज पार्किङ गर्न मिल्ने विमानस्थलमा स्तरोन्नतिपछि चार ठूलै जहाज पार्किङ गर्न सकिने जनाइएको छ ।
यसअघिसम्म काठमाडौं–धनगढी–काठमाडौं दैनिक पाँच हवाई उडान हुने गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।