अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनका विषयमा भारत, चीन र रुसकाे आलाेचना गरेका छन् । ट्रम्पले भारत, रुस र चीनजस्ता देशमा शुद्ध हावा पानीसमेत नभएकाे बताएका छन् । विश्वकाे पर्यावरणीय सन्तुलनका लागि यी देशहरु जिम्मेवार पनि नबनेकाे र महसुससम्म पनि नगरेकाे आराेप ट्रम्पले लगाएका छन् ।
ट्रम्पले भनेका छन् – ‘यी देशमा प्रदुषण र सफाईप्रति चेतना पनि छैन ।’
बेलायती च्यानल आइटिभीसँगकाे अन्तरवार्तामा ट्रम्पले अमेरिका विश्वमै सबैभन्दा स्वच्छ देश भएकाे बताए । उनले भने ‘भारतसहितका केही देशमा स्वच्छ हावा पनि छैन । न सरसफाइ छ । केही शहर यस्ता छन् कि जहाँ सास फेर्न पनि सकिँदैन् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।