सुडान संकट: नाइल नदीबाट ४० शव निकालिएकाे दाबी

सूडानमा अर्धसैनिक बलले प्रदर्शनकारीमाथि हिंस्रक हमला गर्दा १०० जना मानिसकाे मृत्यु भएकाे छ । राजधानी खारतुममा नाइल नदीबाट ४० शव निकालिएकाे विपक्षी कार्यकर्ताले जनाएका छन् । 

विपक्षी कार्यकर्तासँग सम्बन्ध राख्ने सुडानका डाक्टरकाे एक कमिटीले फेसबुकमा लेखेका छन् ‘हाम्रा ४० शहीदकाे शव नाइल नदीमा भेटिएकाे छ ।’ प्रदर्शनकारीकाे समूहका एक सदस्यले आफूले शवलाई अस्पतालमा देखेकाे र मर्नेकाे संख्या १०० वरिपरि रहेकाे बताएकाे बीबीसीले उल्लेख गरेकाे छ । 

एक स्राेतका अनुसार ४ सुडानी पत्रकारले केहीलाई नदीमा फ्याँक्नुभन्दा अगाडि कुटपिट गरी गाेली हानिएकाे बताएका छन् । खारतुमबासीहरु सेनाकाे डरले घरबाट बाहिरसमेत ननिस्किएकाे बीबीसीले उल्लेख गरेकाे छ । 

सेनाले ३० वर्ष सत्तामा रहेका राष्ट्रपति उमल अल बसिरकाे सत्ता पल्टाएपछि प्रदर्शनकारीले सेनासँग सम्झाैताकाे प्रयास गरिरहेका थिए । ३ वर्षपछि चुनाव हुने गरी एक सम्झाैता पनि भएकाे थियाे तर साेमबार सुडानकाे अर्धसैनिक बलले प्रदर्शनकारीमाथि गाेली चलायाे । 

मंगलबार जनरल बुरहानले प्रदर्शनकारीसँग हुने सम्झाैताकाे प्रयास सकिएकाे र अब चुनाव ९ महिनापछि हुने बताएका छन् । तर प्रदर्शनकारीहरु चुनावका लागि लामाे समय चाहिने र चुनाव निष्पक्ष तरिकाले हुनुपर्ने माग राख्दै आएका छन् । .





  • प्रकाशित मिति : जेठ २३, २०७६ बिहीबार १०:३७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया