नेपाली राष्ट्रिय क्रिकेट टोली आउँदो अगस्टमा आयोजना हुने टी-२० विश्वकप छनोटको तयारीस्वरूप भारतको बेंगलुरुमा प्रशिक्षणमा जुटेको छ । भारत सरकारको सहयोगमा २० सदस्यीय नेपाली टोलीले बेंगलुरुस्थित नेशनल क्रिकेट एकेडेमीमा प्रशिक्षण सुरु गरेको हो ।
प्रशिक्षण टोलीमा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सागर ढकाल, अनिल साह, कुशल मल्ल, आसिफ शेख, लोकेश बम, भीम सार्की, विवेक यादव, आकाश चन्द, युवराज खत्रीलगायतका खेलाडी सहभागी छन् ।
सन् २०२४ को सुरुवातमा भारतीय विदेशमन्त्री एस. जयशंकरको नेपाल भ्रमणपछि भारतले नेपाली क्रिकेटको पूर्वाधार र प्रशिक्षणमा सहयोग बढाएको हो ।
बेंगलुरुमा नेपाली टिमको प्रशिक्षण, तस्बिरहरू : क्यान























फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।