२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

उपाधि गुमाउनुको पीडामा खेलाडी र प्रशिक्षक, कारण के औंल्याउँछन् ?

साफ यू–२० महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला टोली मंगलबार स्वदेश फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य तथा महिला विभाग संयोजक सरिला श्रेष्ठ मलेकु र प्रवक्ता सुरेश शाहले टोलीलाई स्वागत गरे । 


टोलीकी फरवार्ड पूर्णिमा राईले व्यक्तिगतरूपमा उत्कृष्ट प्रदर्शन गरे पनि उपाधि गुमाउनु पीडादायक रहेको सुनाइन् । उनले तयारी र प्रशिक्षणको अभावले अन्तिम नतिजामा असर परेको पनि बताइन् । प्रतियोगितामा उनले १० गोल गर्दै गोल्डेन बुट जितेकी थिइन् । 



यस्तै, प्रशिक्षक यामप्रसाद गुरुङले बंगलादेशको वातावरणसँग घुलमिल हुने पर्याप्त वातावरण नपाएकाले फाइनलमा आफूअनुकूल नतिजा निकाल्न नसकेको बताए । साथै खेलाडीले आरामबिना फाइनल खेल्दा पनि नेपालले उपाधि जित्न नसकेको उनको भनाइ छ । 



सोमबार बंगलादेशको राजधानी ढाकामा भएको फाइनलमा नेपाल घरेलु टोलीसँग ४–० ले पराजित भएको थियो । यसअघि लिग चरणको पहिलो खेलमा नेपालले बंगलादेशसँग ३–२ को प्रतिस्पर्धात्मक म्याच खेलेको थियो ।

नेपालले श्रीलङ्का र भुटानविरुद्ध भने प्रभावशाली जित दर्ता गरेको थियो । नेपालले श्रीलङ्कालाई दुवै खेलमा समान ७–० ले र भुटानलाई ६–१ र ८–० ले हरायो । प्रतियोगिता डबल राउन्ड रोबिन लिग आधारमा आयोजना गरिएको थियो ।



  • प्रकाशित मिति : ६ साउन, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया