सलमानको फोटो गोजीमा राखेर हिँड्थे ज्याकी

एजेन्सी– बलिउड अभिनेता सलमान खानको पछिल्लो फिल्म भारत रिलिज भइसकेको छ । फिल्ममा अर्का अभिनेता ज्याकी श्राफ सलमानको पिताको भूमिकामा छन् । ज्याकीले फिल्ममा विशेष भूमिका निर्वाह गरेका छन् । एक अन्तर्वार्तामा ज्याकीले सलमान आफ्नो छोराजस्तै भएको बताएका छन् । 

त्यति मात्र होइन, ज्याकीले सलमानको फोटो आफ्नो गोजीमा राखेर घुम्ने गरेको पनि बताएका छन् । ज्याकीले भनेका छन्, ‘सन् १९८८ मा मैले सलमानका केही फोटोहरु खिचेको थिएँ,  ती फोटोहरु मैले गोजीमा राखेर निर्माताहरुलाई देखाउने गर्थेँ ।’

निर्मातालाई त्यसरी देखाएको फोटोको उद्देश्य चाहिँ उनीहरुलाई फिल्ममा सलमानलाई खेलाउन अनुरोध गर्नु भएको उनले बताएका छन् । आफूलाई पहिले नै सलमान स्टार बन्ने कुराको अनुमान भएको र अहिले आफ्नो कुरा सही निस्किएको ज्याकीले त्यो अन्तर्वार्तामा बताएका छन् ।





  • प्रकाशित मिति : जेठ २३, २०७६ बिहीबार १२:१७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया