इटहरीका मेयरलाई कारबाही गर्न सांसद सुजाता परियारको माग

काठमाडौँ– नेपाली काँग्रेसकी सांसद् सुजाता परियारले इटहरीका मेयर द्वारिकालाल चौधरीलाई कारबाहीको गर्न सरकारसँग माग गरेकी छिन् । बिहीबार प्रतिनिधिसभा वैठकको शून्य समयमा बोल्दै उनले कारबाहीको माग गरेकी हुन् । 

उनले भनिन्, इटहरिका प्रमुखका हर्कत के हो ? राज्यको चौंथोअंग नै असुरक्षित छ भने अरूको हालत के होला ? दशौं करोड खर्च गरेर पनि सिध्याउछु भन्नु कुन लोकतान्त्रिक विधिभित्र पर्दछ ? म प्रश्न गर्न चाहन्छु, के हामीले प्राप्त गरेको लोकतान्त्रिक विधि र पद्धति समाप्त भएकै हो त ?’ 

संसद् मार्फत् सरकारको ध्यानाकर्षण गराउँदै परियारले राज्य भए तत्काल मेयरलाई कारबाही गर्नुपर्ने बताइन् । 





  • प्रकाशित मिति : जेठ २३, २०७६ बिहीबार १२:५९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया