१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

रुसमा यात्रुवाहक विमान दुर्घटना : ५० जनाको मृत्यु

रुसको सुदूर पूर्वी क्षेत्रमा बिहीबार यात्रुवाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै यात्रु र चालक दलका सदस्यको मृत्यु भएको पुष्टि भएको छ ।


अङ्गारा एयरलाइन्सको ट्विन प्रोपेलर एन्टोनोभ–२४ विमान ब्लागोभेश्चेन्स्कबाट टिन्डातर्फ जाँदै गर्दा दिउँसो १ बजे राडार सम्पर्कविच्छेद भएको थियो । केही घण्टापछि टिन्डाबाट करिब १५ किलोमिटर टाढा, जङ्गली पहाडमा विमानको जलेको भग्नावशेष फेला परेको रुसी सञ्चारमाध्यमले जनाएका छन् ।



दुर्घटनास्थलमा जीवित कोही नभएको पुष्टि भएको छ । भिडियोमा धुवाँ उडिरहेको, विमानका टुक्रा जङ्गलभरि छरिएको देखिन्छ ।

एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सेर्गेई सलामनोभका अनुसार उडानको समयमा मौसम प्रतिकूल थियो । तर, क्याप्टेनले उडानको निर्णय गरेका थिए ।



दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ । विमानमा कम्तीमा एक चिनियाँ नागरिक पनि सवार रहेको बताइएको छ ।



  • प्रकाशित मिति : ८ साउन, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया