राष्ट्र बैंक स्वायत्त संस्था, अनिवार्य अवकाश लिनुपर्ने व्यवस्था खारेज

काठमाडौं– नेपाल राष्ट्र बैंकले गरेको ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीले अनिवार्य अवकाश लिनुपर्ने व्यवस्था सर्वोच्चले खारेज गरिदिएको छ । अदालतको फैसलाअघि नै राष्ट्र बैंकबाट अवकास पाएका चारजना कर्मचारी फर्कन सक्ने बाटो खुला भएको छ ।  

राष्ट्र बैंक अदालतबाट फैसलाको पूर्णपाठ आएपछि अध्ययन गरेर अवकाश बिदामा रहेका कर्मचारीबारे निर्णय गर्ने भएको छ । अवकाश बिदामा रहेका कर्मचारीको बिदा आगामी शुक्रबारबाट सकिँदै छ । यसबीचमा सञ्चालक समितिको बैठकबारे राष्ट्र बैंक अन्योलमा रहेको स्रोत बताउँछ ।  

न्यायाधीशद्वय तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले राष्ट्र बैंक स्वायत्त संस्था भएको ठहर गर्दै आफ्नो निर्णय आफैँ गर्न सक्ने फैसला गरेको हो । 

अवकाश लिनुभन्दा एक महिनाअघिदेखि नै बिदामा बस्नुपर्ने प्रचलनअनुसार कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल, भीष्मराज ढुंगाना, नरबहादुर थापा र भरत शर्मा अहिले अवकाश बिदामा छन् । उनीहरुले राष्ट्र बैंकमा ३० वर्ष सेवा अवधि पूरा गरिसकेका छन् । 





  • प्रकाशित मिति : जेठ २३, २०७६ बिहीबार १३:५८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया