२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा, अमेरिका-इजरायलद्वारा निन्दा
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ

फ्रान्सले आगामी सेप्टेम्बरमा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गरेको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोँले संयुक्त राष्ट्रसंघको महासभामा यसको औपचारिक घोषणा हुने जानकारी सामाजिक सञ्जाल एक्समार्फत दिएका हुन् ।


म्याक्रोँले गाजामा युद्ध अन्त्य, बन्धकहरूको रिहाइ र मानवीय सहायता तत्काल आवश्यक रहेको भन्दै स्थायी शान्तिका लागि यो निर्णय गरिएको बताएका छन् ।



प्यालेस्टिनी नेतृत्वले फ्रान्सको निर्णयको स्वागत गरे पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो कदमलाई ‘आतङ्कवादको पुरस्कार’  भन्दै आलोचना गरेका छन् ।

अमेरिकाले पनि म्याक्रोँको घोषणालाई अस्वीकार गर्दै यो हमासको प्रचारमूलक अभियानलाई सहयोग पुग्ने टिप्पणी गरेको छ ।



हालसम्म संयुक्त राष्ट्रसंघका १४० भन्दा बढी सदस्य राष्ट्रहरूले प्यालेस्टाइनलाई मान्यता दिइसकेका छन् । स्पेन, आयरल्यान्डजस्ता युरोपेली देशसमेत त्यसमा छन् । तर, अमेरिका, बेलायतलगायत इजरायलका मुख्य सहयोगी भने अझै अडिएका छन् । 



  • प्रकाशित मिति : ९ साउन, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया