प्रचण्डलाई सुरक्षा थ्रेट ! पिएसओ फेरिए

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षा अधिकृत (पिएसओ) फेरिएका छन् ।

दाहालको पिएसओको रुपमा प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरीक्षक (डिएसपी) नरेशराज सुवेदीलाई खटाएको छ ।

यसअघि दाहालको सुरक्षामा खटिएका डिएसपी सन्तोष राठौर महानगरीय प्रहरी वृत्त, लैनचौरमा सरुवा भएका छन् । 

दाहालको सुरक्षाका लागि डिएसपीको नेतृत्वमा नेपाल प्रहरीका २९ र डिएसपीकै नेतृत्वमा सशस्त्र प्रहरीका ३० जना गरी ५९ जना खटिने गरेका छन् । 

उनीमाथि रहेको सुरक्षा थ्रेटलाई विश्लेषण गरेर गृहमन्त्रालयले यो सुविधा दिएको हो ।

 





  • प्रकाशित मिति : जेठ २३, २०७६ बिहीबार १४:७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया