२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

गाजामा विश्वकै सबैभन्दा खराब मानवीय अवस्था छ : अस्ट्रेलियाली प्रधानमन्त्री

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले गाजाको मानवीय अवस्थालाई खराब र विनाशको रूपमा वर्णन गर्दै इजरायललाई यस क्षेत्रमा सहायताको अवरोध तुरुन्तै रोक्न आह्वान गरेका छन् ।


शुक्रबार एक विज्ञप्तिमा अल्बानिजले गाजाको अवस्था विश्वको ‘सबैभन्दा’ खराब भएको बताएका हुन् ।



‘गाजा मानवीय विपत्तिको चपेटामा रहेको अवस्थामा इजरायलले सहयोग गर्न अस्वीकार गरेपनि पानी र खानाको पहुँच खोज्ने बालबालिकालगायत नागरिकहरूको हत्याको रक्षा गर्न वा बेवास्ता गर्न सकिँदैन,’ उनले भनेका छन् ।

प्रधानमन्त्री एन्थोनीले इजरायललाई अन्तर्राष्ट्रिय कानुनअन्तर्गत आफ्ना दायित्वको पालना गर्न आह्वान गदै संयुक्त राष्ट्रसङ्घ (यूएन) र गैरसरकारी संस्थाहरूलाई आफ्नो जीवन बचाउने काम गर्न अनुमति दिन र प्यालेस्टिनीको जबरजस्ती विस्थापनको प्रस्ताव त्याग्न आग्रह गरेका छन् । 



फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले सेप्टेम्बरमा संयुक्त राष्ट्र महासभामा फ्रान्सले प्यालेस्टिनी राज्यलाई औपचारिक रूपमा मान्यता दिने घोषणा गरेको केही घण्टापछि उक्त विज्ञप्ति जारी गरिएको हो ।

उनले अष्ट्रेलियाले युद्धविरामलाई सहज बनाउनका लागि सबै अन्तर्राष्ट्रिय प्रयासलाई समर्थन जारी राखेको छ र इजरायली र प्यालेस्टिनी जनता ‘अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमा’ भित्र शान्ति र सुरक्षामा बस्न सक्ने भविष्यका लागि प्रतिबद्ध रहेको बताएका छन् । 

अस्ट्रेलियाले सोमबार फ्रान्ससहित २७ अन्य देशसँग मिलेर गाजामा युद्धको तत्काल अन्त्यका लागि आह्वान गरेको छ ।  



  • प्रकाशित मिति : ९ साउन, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया