२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

इरानको दक्षिणपूर्वी क्षेत्रमा आतंकवादी आक्रमणमा परी ६ जनाको मृत्यु

इरानको दक्षिणपूर्वी क्षेत्रमा रहेको एक न्यायलय रहेको भवनमा शनिबार भएको ‘आतंककारी आक्रमणमा’मा परी कम्तीमा छ जनाको मृत्यु भएको इरानी अदालत सम्बद्ध एक स्रोतले जनाएको छ । न्यायपालिकाद्वारा सञ्चालित मिजान अनलाइनले घटनामा  पाँच जनाको मृत्यु भएको र १३ जना घाइते भएको समाचार सार्वजनिक गरेको छ ।


घाइतेमध्ये थप एक जनाको पनि मृत्यु भएको छ । प्रान्तीय मुख्य न्यायाधीश अली मोवाहेदी–राडलाई उद्धृत गर्दै मिजानले पछि घाइतेको संख्या २२ पुगेको र तीमध्ये अधिकांश सर्वसाधारण रहेको बताएका छन् । आगन्तुकको भेषमा भवनभित्र पस्न खोजेका र विष्फोटक पहिरनधारी तीनै जना बन्दुकधारीको मृत्यु भएको उनले बताए ।



‘इस्लामिक रिभोल्युसनरी गार्ड कोरको लडाकु दस्ता (कुद्स) मुख्यालयले घटनामा तीन जना आतङ्ककारी मारिएको पुष्टि गरेको छ,’ उनले भने । मृत्यु हुनेहरूमा अदालतको सुरक्षा गरिरहेका तीन जना कानून प्रवर्तन सदस्यहरू पनि थिए र उनीहरू अदालतको सुरक्षार्थ खटिएका थिए ।

सिस्तान–बलुचिस्तान प्रान्तका प्रहरी सहकमान्डर अलिरेजा दलिरीका अनुसार आक्रमणकारीले भवनमा ग्रिनेड प्रहार गरेका थिए । इरानी सञ्चारमाध्यमका अनुसार आक्रमणको केही समयपछि पाकिस्तानमा रहेको तर इरानमा सक्रिय बलोच जिहादी समूह अरबी भाषामा जैश अल अदल भनिने ‘आर्मी अफ जस्टिस’ले आक्रमणको जिम्मेवारी लिएको छ ।



राजधानी तेहरानबाट करिब एक हजार २०० किलोमिटर दक्षिणपूर्वमा अवस्थित यो अशान्त प्रान्तको पाकिस्तान र अफगानिस्तानसँग लामो सीमा जोडिएको छ । उक्त क्षेत्रमा आइआरजिसीलगायत इरानी सुरक्षा बल, बलुच अल्पसङ्ख्यकका विद्रोही, कट्टरपन्थी सुन्नी समूह र लागुऔषध तस्करबीच पटक–पटक भिडन्त हुने गरेको छ ।

यस क्षेत्रको भएको सबैभन्दा घातक घटनाहरूमध्ये पछिल्लो एक अक्टोबरमा भएको घटनामा १० जना प्रहरी अधिकारीहरू मारिएका थिए । अधिकारीहरूले उक्त आक्रमणमा पनि ‘आतङ्कवादी’ संलग्नता रहेको बताएका थिए । 



  • प्रकाशित मिति : १० साउन, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया