मुम्बई– इदको अवसरमा रिलिज गरिएको सलमान खानको फिल्म भारतले पहिलो दिन ४२.३ करोड भारु कलेक्सन गरेको छ । यो इदको अवसरमा रिलिज भएका सलमानका फिल्ममध्ये सबैभन्दा धेरै ओपनिङ कलेक्सन हो । यसअघि फिल्म सुल्तानले सबैभन्दा धेरै ३६.५४ करोड ओपनिङ कलेक्सन गरेको थियो ।
सलमानको मात्र नभई यो वर्ष रिलिज भएका सबै भारतीय सिनेमामध्ये ‘भारत’ सबैभन्दा ठूलो ओपनर भएको छ । यसअघि रिलिज भएका फिल्ममा कलंकले २१.६० करोड, केसरीले २१.०६ करोड, गली ब्यायले १९.४० करोड र टोटल धमालले १६.५ करोड ओपनिङ कलेक्सन गरेका थिए ।
अझ रोचक त, ‘भारत’ रिलिज भएकै दिन (बुधबार) भारत र दक्षिण अफ्रिकाबीचको विश्वकप क्रिकेट म्याच थियो । भारतीयहरी जति फिल्ममा रमाउँछन्, त्योभन्दा ज्यादा क्रिकेटमा । विश्वकप क्रिकेटमा आफ्नै देशको म्याच परेका वेला कुनै फिल्मले दर्शकको ध्यान खिच्नु ज्यादै मुस्किल काम हो । यस्तो अवस्थामा भारतले रेकर्ड तोड्ने गरी कलेक्सन गर्नु उसको ठूलो सफलता हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।