भारतको उत्तराखण्ड राज्यको हरिद्वारस्थित मनसा देवी मन्दिरमा आइतबार भीडभाडका कारण भागदौड मच्चिँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । घटनामा १० भन्दा बढी श्रद्धालु घाइते भएका छन् ।
गङ्गा नदीको किनारमा अवस्थित यस मन्दिरमा दर्शनका लागि आएका भक्तजन सिँढी चढ्ने क्रममा अचानक भागदौड मच्चिएको प्रहरीले जनाएको छ । वरिष्ठ प्रहरी अधिकारी परमेन्द्र डोभलका अनुसार घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
मुख्यमन्त्री पुष्करसिंह धामीले राहत तथा उद्धार कार्य जारी रहेको र आफू प्रशासनसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन् ।
भारतमा धार्मिक पर्व र चाडपर्वको बेला यस्ता घटना बारम्बार हुने गरेका छन् । यसअघि पनि उडिसा, गोवा र प्रयागराजमा यस्तै दुर्घटना भइसकेका थिए, जसमा दर्जनौँको ज्यान गइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।