२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

युद्धविरामका प्रयासबीच थाइल्याण्ड-कम्बोडिया सीमामा फेरि झडप : ३३ जनाको मृत्यु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतापछि युद्धविरामको आशा देखिए पनि थाइल्याण्ड र कम्बोडियाबीच आइतबार पुनः सैन्य झडप भएको छ । सीमावर्ती क्षेत्रमा भएको भिडन्तले यस द्वन्द्वको चौथो दिनमा प्रवेश गरेको छ ।


दुवै मुलुकबीच विवादित सीमा क्षेत्रमा रहेका पुराना मन्दिर नजिक गोली र तोप हानाहान भएको बताइएको छ । ३३ जनाको मृत्यु पुष्टि भइसकेको छ भने २ लाखभन्दा बढी नागरिक विस्थापित भएका छन् ।



कम्बोडियाले थाई सेनालाई आक्रमण सुरु गरेको आरोप लगाउँदै तुरुन्त युद्धविराम प्रस्ताव स्वीकारेको बताएको छ । उता थाइल्याण्डले कम्बोडियालाई नागरिक पूर्वाधारमा आक्रमण गरेको दोष लगाएको छ ।

ट्रम्पले शनिबार राति दुवै देशका नेताहरूसँग कुराकानी गर्दै वार्ताको आह्वान गरेका थिए । तर, दुवै देश शान्ति वार्ताको पक्षमा देखिए पनि एकअर्कालाई दोष दिने कामलाई कायम राखेका छन् ।



यस सैन्य द्वन्द्वका कारण सीमावर्ती थाई क्षेत्रमा १ लाख ३८ हजार र कम्बोडियामा ८० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघले दुबै पक्षलाई तात्कालिक युद्धविराम र संवादको बाटो रोज्न आग्रह गरेको छ । 



  • प्रकाशित मिति : ११ साउन, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया