एजेन्सी– अमेरिकाको टेक्सस राज्यको अस्टिनका डेभिड कार्टरले अहिले अन्तर्राष्ट्रिय सन्चारमाध्यममा आफ्नो स्थान बनाएका छन् । उनले आफ्नो स्थान बनाउनुको कारण चाहिँ उनी विश्वविद्यालयमा भर्ना हुनु हो । उनले टेक्सस विश्वविद्यालयमा ४८ वर्षपछि फेरि पढ्ने मनाशयका साथ भर्ना गरेका हुन् । उनको विश्वविद्यालयको ट्युसन फी विश्वविद्यालयले नै तिर्ने भएको छ ।
सन् १९७१ म उनी आर्ट्सका विद्यार्थी थिए । उनी एक कलाकार तथा लेखक बन्न चाहन्थे । तर, एउटा घटनाले उनको जीवनमा ठूलो परिवर्तन ल्याइदियो । मदिरा धेरै पिउने भएकाले उनी एक रात ठूलो दुर्घटनामा परे । त्यसपछि उनलाई सिजोफ्रेनिया भएको पुष्टि भयो ।
त्यसपछि उनले पढ्न सकेनन् । तर, अब उनी फेरि पढ्न चाहन्छन् । अब फेरि विश्वविद्यालयमा गएर आफ्नो जीवनलाई बदल्न चाहन्छन् । उनले भनेका छन्, ‘अब म रिसर्च गर्न र किताब लेख्नमा लाग्नेछु, यसका लागि मलाई विश्वविद्यालयको डिग्रीले पनि ठूलो सहयोग गर्नेछ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।