शाहरुखले साइन गरे हिरानीको फिल्म

एजेन्सी– लगातार फ्लप फिल्मको मारमा परेका बलिउड अभिनेता साहरुख खानले पछिल्लो केही समयदेखि एउटा फरक फिल्म गर्ने सोच बनाइरहेका थिए । उनी किन चिन्तित थिए भने लामो समयदेखि उनलाई कन्टेन्ट भएको फिल्म आएको थिएन ।

तर, अब यो चिन्ता हटेको छ । चिन्ता शाहरुखको मात्र होइन, उनका प्रशंसकको पनि यो समाचारले हटाउने निश्चित छ । यो समाचार के हो भने साहरुख खानले बलिउडका ठूला निर्देशक मानिएका राजकुमार हिरानीको फिल्ममा साइन गरेका छन् । 

भारतीय मिडियामा आएका समाचारलाई आधार बनाउने हो भने शाहरुखलाई हिरानीले एउटा रोमान्टिक फिल्मका लागि लिएका हुन् । 

फिल्म ‘जिरो’को असफलता पछि शाहरुखलाई ठूलो झट्का लागेको र फलस्वरुपः उनले सारे जहाँ से अच्छाबाट हात झिकेको बताइन्छ । तर, जिरो असफलतापछि शाहरुख र हिरानीको भेट बारम्बार भएको मानिन्छ । रोमान्टिक फिल्ममा काम गर्न शाहरुखले पनि चाहना राखिसकेको र अब यो प्रोजेक्ट सफल हुने विश्वास यी दुईले लिएको भारतीय मिडियामा समाचार छ ।

तर, यसबारे अहिलेसम्म हिरानी र शाहरुख दुवैले केही बताएका छैनन् । उनीहरुले यसबारे छिट्टै कार्यक्रम गर्ने मुड बनाएको भारतीय मिडियामा उल्लेख गरिएको छ ।





  • प्रकाशित मिति : जेठ २३, २०७६ बिहीबार १७:१८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया