विप्लव समूहका एरिया इन्चार्ज यादवकाे राजीनामा

सप्तरी– नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सप्तरीका एरिया इन्चार्ज तेजनारायण यादवले पार्टी परित्याग गरेका छन् । तीन नम्बर एरिया इन्चार्ज छिन्नमस्ता गाउँपालिका–१ का ४० वर्षीय यादवले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्य समेतबाट राजीनामा दिएको बताए । 

पार्टी वार्तामा नआउँदा देश र जनताका लागि घातक सिद्ध हुने विज्ञप्तिमा जनाइएको छ । ‘हतियार सबै समस्याको हल नभएको हुँदा २०७३ सालदेखि नेकपा विप्लवको ३ नं एरिया इन्चार्जको पदमा कामकाज गर्दै आएकामा आजैको मितिदेखि पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिई स्वतन्त्र नेपाली नागरिकका रुपमा जीवनयापन गर्न चाहेको छु, ’ विज्ञप्तिमा भनिएको छ।

नेकपा विप्लवले लिएको ध्वंशात्मक गतिविधि, आन्तरिक कलह, मधेस एवम् मधेसीलाई हेर्ने दृष्टिकोण अस्पष्ट भएका कारण राजीनामा दिनुपरेको उनले बताए । यादवले अब कुनै पनि पार्टीमा आबद्ध नहुने र योग्यताअनुसारको काम गरेर बस्ने बताएका छन् । उनी तत्कालीन नेकपा माओवादीको जनयुद्धमा समेत संलग्न थिए ।

ध्वंशात्मक गतिविधि गर्दै जनधनको क्षति गर्न थालेपछि सरकारले ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको छ । 





  • प्रकाशित मिति : जेठ २३, २०७६ बिहीबार १७:२८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया