१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

मधेश प्रदेशमा सुक्खाग्रस्त क्षेत्रका लागि आठबुँदे राहत तथा व्यवस्थापन निर्णय

मधेश प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले सुक्खाग्रस्त क्षेत्रका अति जोखिमयुक्त समुदायलाई राहतदिनेलगायत विषयमा आठबुँदे निर्णय गरेको छ । 


मन्त्रालयका निमित्त सचिव रामकुमार खंगको अध्यक्षतामा मन्त्रालयअन्तर्गतका विकास साझेदार र विषयगत क्षेत्रका प्रतिनिधिसहित आज यहाँ बसेको बैठकले विभिन्न आठबुँदे निर्णय गरेको हो  ।



बैठकले दुई दिनभित्र विकास साझेदारको क्षमता र कार्य क्षेत्रको नक्शाङ्कन गरी समितिमा पेस गर्ने, अति जोखिममा परेका समुदाय र परिवारको पहिचान गरी तत्काल राहत दिने, स्थानीय तह तथा जिल्ला विपद् व्यवस्थापन समितिसँग सहकार्य एवं समन्वयमा आवश्यक कार्य गर्ने निर्णय गरेको छ ।
 
यस्तै, डिप बोरिङ तथा स्यालो ट्युबवेल जडान गर्नुपर्ने आवश्यकता भए दोहोरोपना नहुनेगरी प्राथमिकता दिने र त्यसका लागि विपद् व्यवस्थापन समितिसँग समन्वय गर्ने, वैकल्पिक कृषिको प्रवर्द्धनमा निजी, विकास साझेदार तथा सरकारको दीर्घकालीन योजना सञ्चालनमा जोड दिने निर्णय भएको छ । 

साथै चुरे संरक्षण तथा प्रवर्द्धनमा जोड दिने, सात दिनभित्र सुख्खाग्रस्त क्षेत्रको विपद् व्यवस्थापन तथा प्रतिकार्य योजना तयार गरी समितिमा पेस गर्नेलगायत निर्णय भएका निमित्त सचिव खंगले जानकारी दिए ।  





  • प्रकाशित मिति : १३ साउन, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया