गृह मन्त्रालयले सरुवा/पदस्थापन भएर पनि तोकिएको कार्यस्थलमा नपुगेका २३ कर्मचारीलाई २४ घण्टाभित्र हाजिर हुन निर्देशन दिएको छ।
मन्त्रालयको कर्मचारी प्रशासन शाखाले १८ जना शाखा अधिकृत र ५ जना नायब सुब्बाको नाम सार्वजनिक गर्दै उर्दी जारी गरेको हो।उनीहरूलाई अध्यागमन कार्यालय, जिल्ला प्रशासन, इलाका प्रशासन र कारागार प्रशासनलगायत स्थानमा खटाइएको छ।
असार १६, १८ र साउन ७, १८ मा सरुवा भएका ती कर्मचारी अहिलेसम्म हाजिर भएका छैनन् । मन्त्रालयले तोकिएको समयभित्र हाजिर नभए सेवा, सुविधा र अनुशासन सम्बन्धी कारबाही हुने संकेत पनि गरेको छ।

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।