एजेन्सी– जारी क्रिकेट विश्वकपको १० औं खेलमा अष्ट्रेलियाले वेस्टइन्डिजलाई १५ रनले हराएको छ । अस्ट्रेलियाको जितका लागि मिसेल स्टार्कको पाँच विकेटको योगदान विशेष रह्यो ।
पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले वेस्टइन्डिजलाई २ सय ८८ रनको लक्ष्य दिएको थियो । वेस्टइन्डिजले ५० ओभरमा ९ विकेट गुमाएर २७३ रन बनाउन सक्यो ।
वेस्टइन्डिजले पहिले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो ।
खेलमा अस्ट्रेलियाका नाथन कुल्टर म्यान अफ द म्याच घोषित भए । उनले अस्ट्रेलियाको स्कोरबोर्डमा ९२ रनको योगदान दिएका थिए ।
वेस्टइन्डिजको तर्फबाट होपले ६८ रन र होल्डरले ५१ रन बनाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।