१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

डा.अख्तरको नेतृत्वमा ‘क्यान्सर चेकअप शिविर’ सम्पन्न

नेपाल इन्टरनेशनल हेल्थ सर्भिस (एनआईएचएस)ले क्यान्सर रोगप्रति जनचेतना फैलाउने उद्देश्यले आयोजना गरेको ‘क्यान्सर चेकअप शिविर’ सम्पन्न गरेको छ ।


काठमाडौं महानगरपालिका-२७ को संयोजनमा शनिबार जमलस्थित विश्वज्योती हलमा आयोजना भएको उक्त शिविरमा करिब २०० जनाभन्दा बढी मानिसहरूले सहभागिता जनाएका छन् । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको उक्त शिविरमा सहभागी सर्वसाधारणको क्यान्सरको प्रारम्भिक चेकअप गरिएको थियो ।



क्यान्सर रोग विशेषज्ञ डा.समिम अख्तरको नेतृत्व शिविरमा सञ्चालन भएको थियो । क्यान्सरको प्रारम्भिक स्क्रिनिङले क्यान्सर भएको पहिलो चरणमै पत्ता लाग्ने सम्भावना धेरै हुने र समयमै उपचार गर्दा रोग निको हुने सम्भावना बढ्ने डा.अख्तर बताए ।



डा.अख्तरले जोखिम न्यूनिकरण गर्न प्रत्येक व्यक्तिले समय-समयमा यस्तो परीक्षणमा सहभागी हुनुपर्नेमा जोड दिएका छन् । शिविरमा भिटामिन डी थ्री, थायराइड, मधुमेह, युरिन रुटिन, प्रोस्टेट र पेल्भिसको अल्ट्रासाउण्डमा ५० प्रतिशत छुट र क्यान्सर सम्बन्धी निःशुल्क परामर्श दिइएको थियो ।



  • प्रकाशित मिति : १७ साउन, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया