‘बालाकाेट बम’ का लागि इजरायलसँग ३०० कराेडकाे सम्झाैता

भारतीय वायुसेनाले करिब १०० स्पाइस–२००० बम किन्न बिहीबार इजराइलसँग ३०० कराेडकाे सम्झाैता गरेकाे छ । याे बम फेब्रुअरीमा पाकिस्तानकाे बालाकाेटमा गरिएकाे हवाई आक्रमणमा प्रयाेग गरिएकाे भारतीय वायुसेनाले जनाएकाे छ । 

हिन्दुस्तान टाइम्सकाे समाचारअनुसार रक्षा मन्त्रालयका दुई अधिकारीले नाम नबताउने शर्तमा यसकाे जानकारी दिएका हुन् । अधिकारीका अनुसार नयाँ सरकार गठनपछि याे पहिलाे सैन्य सम्झाैता हुनेछ । 

पुलवामा आक्रमणमा करिब ५० जना भारतीय सेनाकाे मृत्युपछि भारतीय वायुसेनाले बालाकाेटमा सर्जिकल स्ट्राइक गरेकाे दाबी गरेकाे थियाे ।

 





  • प्रकाशित मिति : जेठ २४, २०७६ शुक्रबार १०:१९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया