अमेरिका प्रवेश गर्न खाेजेका १ लाख ३० हजार आप्रवासी पक्राउ

वासिङ्टन – मेक्सिकोको सीमाबाट अमेरिका प्रवेश गर्न चाहने एक लाख ३० हजार अमेरिकी सीमामा पक्राउ परेका छन् । उनीहरु गत मेमा अमेरिका प्रवेश गर्न खाेजेकाे अमेरिकी सुरक्षा अधिकारीले जनाएकाे छन् । 

विगत १३ वर्षमा दक्षिणी सीमामा एकै महिनामा आप्रवासी पक्राउ परेको यो सबैभन्दा ठूलो संख्या हो ।

अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायका अनुसार पक्राउ परेकामध्ये परिवारसँगै अमेरिका प्रवेश गर्न चाहने ८४ हजार पाँच सय ४२, ११ हजार पाँच सय सातजना बालबालिका र ३६ हजार आठ सय ३८ जना एकल वयस्क व्यक्ति रहेका छन् ।

अप्रिल महिनामा ९९ हजार तीन सय चार जना पक्राउ परेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासी प्रवेशमाथि कडाइ गरे पनि त्यो रोकिएको छैन ।

मेक्सिको सरकारमाथि दबाब सिर्जना गर्न राष्ट्रपति ट्रम्पले आगामी जुन १० देखि लागू हुनेगरी अमेरिका प्रवेश गर्ने मेक्सिकोको सामानमा पाँच प्रतिशत करवृद्धि गर्ने चेतावनी दिइसकेका छन् ।

मेक्सिकोले आप्रवासी नियन्त्रणका लागि प्रयास जारी राखेको र हजारौं मध्यअमेरिकीलाई उनीहरुकै देश फर्काएको बताउँदै आएको छ ।





  • प्रकाशित मिति : जेठ २४, २०७६ शुक्रबार ११:१३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया