२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

श्रीलंकामा आयात करबाट रेकर्ड आम्दानी, सात महिनामै १.२ ट्रिलियन राजस्व संकलन

श्रीलंकाको भन्सार विभागले सन् २०२५ को पहिलो सात महिनाको अवधिमा करिब १.२ ट्रिलियन श्रीलंकाली रुपैयाँ (झण्डै ४ अर्ब अमेरिकी डलर) बराबरको राजस्व संकलन गरेको जनाएको छ।


श्रीलंका भन्सार विभागका प्रवक्ता सिवाली अरुकगोदाका अनुसार, विभागले केवल जुलाई महिनामै २३१ अर्ब रुपैयाँ (करिब ७७ करोड अमेरिकी डलर) राजस्व संकलन गर्न सफल भएको छ, जुन हालसम्मकै सबैभन्दा उच्च मासिक राजस्व हो । यो राजस्व मुख्यतः सवारीसाधन आयातमा लाग्ने करमार्फत प्राप्त भएको बताइएको छ ।



प्रवक्ता अरुकगोदाले थप जानकारी दिँदै, करिब २८  हजार सवारीसाधनमा कर लगाई विभागले करिब ३०० अर्ब रुपैयाँ (झण्डै १ अर्ब अमेरिकी डलर) राजस्व संकलन गरेको उल्लेख गरे ।

श्रीलंकाली सरकारले सन् २०२५ का लागि भन्सार विभागमार्फत २.११५ ट्रिलियन रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ । अहिलेसम्मको तथ्याङ्कअनुसार, विभागले सो लक्ष्यभन्दा ११६ अर्ब रूपैयाँले बढी राजस्व संकलन गरिसकेको प्रवक्ता अरुकगोदाले जानकारी गराए । 





  • प्रकाशित मिति : १८ साउन, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया