पहिरोका कारण नौबिसे-मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौं– पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा शुक्रबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ । 

चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान ३ः३० बजे पहिरो खसेको थियो । 

बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । 

सडक अवरुद्ध भएपछि सयौँ सवारीसाधन जाममा रोकिएका छन् । 





  • प्रकाशित मिति : जेठ २४, २०७६ शुक्रबार १४:१७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया