तपाईँ हामी सबैलाई डेंगुको बारेमा त थाहा नै छ । लामखुट्टेको टोकाइबाट लाग्ने यो एकप्रकारको भाइरल ज्वरो हो । यसलाई संक्रामक रोगको रुपमा पनि लिने गरिन्छ ।
डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ ।
डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ ।
यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।
डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोम गरी तिन प्रकारका छन । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो । यो आफैँ निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ । तर यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु हुन सक्छ ।
खासगरी अहिले वर्षा र गर्मीको सिजन चलिरहेको छ । जसकारण लामखुट्टेको जोखिम बढी छ । गर्मीको समयमा यसको वृद्धिविकास धेरै हुने भएकाले धेरै जोखिम रहन्छ । साथै बर्खाको समयमा धेरै ठाउँमा फोहोर पानी जम्ने गरेका कारण लामुखट्टेको बासस्थान समेत सहज हुने हुँदा छिट्टो लामखुट्टे फैलिने गर्दछन् ।
यस्ता छन् लक्षणहरु
लामखुट्टेको टोकाइपछि शरिरमा देखिने कमजोरी नै डेंगुको मुख्य लक्षण हो । ज्वरो नै डेंगुको मुख्य लक्षण हो । साथै एक्कासी उच्च ज्वरो आएमा त्यसलाई डेंगु भउको बुझ्न सकिन्छ । ५ देखि ७ दिनसम्म निरन्तर ज्वरो आउने, खानामा रुची नहुने, टाउको दुख्ने, शरिर अति कमजोर हुने लगायतका लक्षणहरु देखा पर्दछन् ।
टाउको दुख्ने, वाकवाकी लाग्ने, ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने जस्ता लक्षणहरु देखिएमा त्यसलाई डेंगु भएको मान्न सकिन्छ ।
फेरि डेंगु जति जटिल छ, त्यसलाई निको बनाउन त्यति नै सहज पनि छ । डेंगु लागेको पत्ता लागेपछि घरमै आराम र खानपानमा ध्यान दिएर निको बनाउन सकिन्छ ।
डेंगु लाग्नै नदिन के गर्ने ? र लागेमा के गर्ने ?
खासगरी लामखुट्टेको टोकाइबाट लाग्ने भएका कारण डेंगु् लाग्नै नदिन लामखुट्टेबाट बच्नु हो । त्यसका लागि घर वरपर सरसफाइ गर्ने, आफ्नो स्वास्थ्यमा ख्याल गर्ने र हिँड्दा समेत लामखुट्टेबाट बच्चे गरेमा डेंगुको जोखिम कम हुन्छ ।
लामखुट्टे पानीमा बस्ने भएकोले घरको वरपर वा पानी जम्ने ठाउँहरु जस्तैस् गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न दिनु हुँदैन ।
बाहिर वा लामखुट्टेले तोक्ने ठाउमा निस्कदा शरिर ढाकिने लुगा लगाउनुपर्छ ।
सुत्दा अनिवार्य झुलको प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ ।
यदी आफूलाई डेंगु लागेको शंका लागेमा नजिकैको श्वास्थ्य संस्था तथा अस्पताल जानुपर्दछ । रगतको जाँचबाट डेंगु पत्ता लाग्ने हुँदा त्यसको निक्र्योल गरेपछि डाक्टरको सल्लाहअनुसार खानेकुरा खाने र आराम गर्ने गर्नुपर्दछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।