एकैपटक सशस्त्र प्रहरीका विभिन्न दर्जामा रिक्त ७७ अधिकृतहरुको बढुवा हुने भएको छ ।
सशस्त्रले बढुवा गर्न लागेका अधिकृतहरुमा एसएसपीमा ६, एसपी २२, प्राविधिक एसपी १ र डीएसपीमा ४८ जना रहेका छन् । उनीहरुलाई सोमबार बढुवाका लागि सिफारिस गरिएको हो ।
सिफारिस सूची अनुसार एसएसपीमा बढुवा सिफारिस हुनेहरुमा दोस्रो ब्याचको पहिलो चरणका एसपी बढुवा हुनेछन् ।
त्यस्तै एसपी सिफारिस हुनेमा तेस्रो ब्याचका छन् । त्यही ब्याचका वैकल्पिक समूहका र चौथो ब्याचबाट ज्येष्ठताका आधारमा बढुवा सिफारिस भएका छन् । डीएसपी बढुवा सिफारिस हुनेमा ९औँ ब्याचका छ्न् ।
एसएसपी बढुवा सिफारिस हुनेमा ध्रुवबहादुर कार्की, जनक पुरी, यादव विश्वकर्मा, टोप बहादुर खनाल, अशोककुमार बम, वीरेन्द्रबहादुर ऐर रहेका छन् ।
एसपी सिफारिस हुनेमा साधारणतर्फ नरदीपकुमार बस्नेत, रामकृष्ण महर्जन, श्याम रावत, वसन्तबहादुर सिंह, श्यामकुमार कार्की, गेहेन्द्रबहादुर भण्डारी, लक्ष्मण थापा मगर रहेका छन् ।
यसैगरी भीमबहादुर विष्ट, नवराज वोहरा, सुरेश गैरे, कृष्णबहादुर विष्ट, अम्विकाप्रसाद जोशी, अमर बहादुर खत्री, विशाल सिल्वाल, बासुदेव महत, भीमबहादुर चन्द, श्रीराम कुंवर, श्याममणि ढकाल, गोविन्दबहादुर खाती छन् । यदुकुमार कार्की, देवबहादुर बोहरा, दिनेशकुमार बस्नेत पनि एसपी बढुवा सिफारिस भएका छन् । प्राविधिकतर्फ इन्जिनियर मनोज बखुन्छे श्रेष्ठ रहेका छन् ।
सशस्त्रले गत असार ३२ गते बढुवाका लागि सूचना जारी गरेको थियो ।





फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।