बेपत्ता भएको ७० वर्षपछि काजकिरिया

दाङ– दाङमा एक व्यक्ति हराएको ७० वर्षपछि उनको काजकिरिया गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ का गेहेन्द्रबहादुर बस्नेत र उनकी श्रीमती रेवती बस्नेतले ७० वर्षपछि बुबाको किरिया गर्न सुरु गरेका हुन् ।

बुबा मोतीलाल बस्नेत ३० वर्षको हुँदा विसं २००६ मा घरबाट भारत जान भनी निस्के पनि अझैसम्म नआएका उनले बताए । ‘बुबा ३० वर्षको हुँदा घरबाट हराउनुभएको हो, त्यतिवेला म तीन वर्षको थिएँ रे, अहिले म ७३ वर्ष भइसकेँ’, उनले भने, ‘बुबा हराएको ७० वर्ष भइसक्यो, अहिलेसम्म नफर्केकाले काजकिरिया गर्न लागेका हौँ ।’ 

पुरोहितसँग सल्लाह गरेर यही जेठ २१ गतेदेखि किरिया गर्न सुरु गरेको र यही जेठ ३२ गतेसम्म किरिया गर्ने उनले बताए । बुबाको अहिले उमेर १०३ वर्ष पुगिसकेको र अहिलेसम्म जीवित भएको कुनै थाहा नभएपछि पुरोहितसँग सल्लाह गरेर यसरी काजकिरिया गर्न थालेको उनले जानकारी दिए । 

धार्मिक मान्यता र हिन्दू संस्कारअनुसार काजकिरिया गरिरहेको उनले बताए । 





  • प्रकाशित मिति : जेठ २४, २०७६ शुक्रबार १४:२३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया