मंगलबार भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लाको धराली गाउँमा खीर गंगा नदीको माथिल्लो जलग्रहण क्षेत्रमा बादल फुटेर आएको विनाशकारी बाढीले ठूलो मात्रामा क्षति पुर्याउँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । उक्त घटनामा धेरै जना बेपत्ता भएको आशंका गरिएको छ।
उत्तरकाशीका जिल्ला मजिस्ट्रेट प्रशान्त आर्यले धराली गाउँमा आएको बाढीमा परी चार जनाको मृत्यु भएको पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले जनाइरहेका छन् । ‘यस क्षेत्रमा अचानक आएको बाढीले ठूलो क्षति पुर्यायो। हामी हाल जनधनको क्षतिको आकलन गरिरहेका छौं,’ आर्यले भनेका छन् ।
आर्यका अनुसार प्रभावित क्षेत्रमा धेरै साना पाहुना घर, होटल र रेस्टुरेन्टहरू छन् । अहिले उद्धार कार्य चलिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।